" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

दुई दिने अभिमुखीकरण कार्यक्रम

मिति: २०८२ वैशाख २२ र २३ गते स्थान: महालक्ष्मी स्थान, ललितपुर महानगरपालिका वडा नं. ५ आयोजक: विकास पहुँच प्रवर्द्धन केन्द्र सहयोगी संस्था: ललितपुर महानगरपालिका वडा नं. ५ दुई दिने यो अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले जीवनमा सकारात्मक सोचको विकास कसरी गर्ने, दैनन्दिन तनावहरूलाई कसरी स्वस्थ तरिकाले व्यवस्थापन गर्ने, र आत्ममूल्यबोध बढाउने तरिकाहरू सिक्ने अवसर प्राप्त गरे। कार्यक्रममा विभिन्न अभ्यासहरू,  समूह छलफल, र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले सहभागीतालाई जीवन उपयोगी दृष्टिकोण प्रदान गर्‍यो। हामी सबै सहभागी, प्रशिक्षक र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दछौं।