निःशुल्क स्वास्थ्य शिविर
ललितपुर महानगरपालिकाको आयोजनामा वडा नं. १९ का महिलाहरुलाई देखा पर्ने पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग, स्तन क्यान्सर, आङ खस्ने र फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरियो । उक्त कार्यक्रममा २०४ जना महिलाहरुले स्वास्थ्य जाँच गराउनु भएको थियो।