" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

...

राजेन्द्र महर्जन

वडा अध्यक्ष

हार्दिक आग्रह

ज्वजलपा नमस्कार !

“जनताको सेवा गरौ”

सर्वप्रथम हामी वडाका प्रतिनिधिहरु वडाबासीहरुले गरेको समर्थन, मार्गदर्शनको र नेतृव चयनमा दृढतापूर्वक आभार ब्यक्त गर्न चाहान्छौ । हामी वडा नं १९ का जनप्रतिनिधिहरु र वडाका बासिन्दाहरु नङ र मासु जस्तै एक अर्काको परिपुरक हौं । हामी हाम्रा वडा बासीहरुको सेवामा सधै तत्परता देखाउदै सबैको साझा प्रयासमाबाट अघि बढ्ने परिवार हौं । यद्यपि म आशा गर्छु कि हामीले गरेको काम सबैको लागि न्यायचित हुनेछ ।

ललितपुर महानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १९ पाटनको पुरानो बाक्लो बस्तीमा पर्दछ । यस वडाको पूर्वमा वडा नं १२, पश्चिममा वडा नं २०, उत्तरमा वडा नं १६ र दक्षिणमा वडा नं ५ छिमेकी वडाहरु छन् । विश्वको एकमात्रै प्रसिद्ध अग्निशाला मन्दिर जुन बिगत ४ हजार वर्ष देखि निरन्तर रुपमा पवित्र अग्नि प्रजोलन भेईरहने पबित्र भूमिको आडमा यस वडा कार्यालय रहेको छ ।

हाम्रा वडाबासीहरु पूर्ण रूपमा जागरूप छन् र हामी वडाबासीहरुको विश्वासलाई पुन जागृत गर्दै कुनै पनि समस्या, ठुलो होस् वा सानो, जुनसुकै परिस्थितिमा पनि परास्त गर्न तत्पर छौ, र दृढतापूर्वक आफ्नो कार्यगर्न प्रतिबद्ध छौ ।

ललितपुर महानगरपालिका वडा नं १९ को हरेक क्षेत्र बिशेषगरि हाम्रो संस्कृति र सम्पदा, स्वास्थ्य र क्षिक्षा, पूर्वाधार र मर्मत, नागरिको सुरक्षा, महिला तथा बालबालिका, पृौढ अवस्थामा रहेका वृद्धहरुको स्वास्थ्व र सामाजिक भत्ता र अन्य सेवाहरुलाई जोड दिदै आएका छौ । यसैले हामीले गरेको सेवा प्रति कुनै पनि त्रुटिभएमा, सही जानकारी दिन र सुधारको लागि आफ्नो सुझाव र प्रतिक्रिया पठाउन सबै वडावासीहरूलाई हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद !
राजेन्द्र महर्जन
वडा नं १९

  •   सूचना तथा समाचार
  1. वडा १९ का वडा अध्यक्ष राजेन्द्र महर्जन ज्यु त: बहा: को बलभद्र मन्दिरको पुनर्निर्माण कार्य निरिक्षण गर्दै ।

  2. ललितपुर महानगरपालिका वडा नं १९ कार्यालय तथा वडा नं. १९ स्वास्थ्य कार्यान्वयन समितिकाे आयाेजनामा हरेक शनिबार टाेल टाेलमा निःशुल्क ब्लड प्रेसर र सुगर जाँच

  3. ललितपुर महानगरपालिका वडा न. १९ का वडावासीहरुलाई वडा कार्यालयमा सम्पर्क गरि Nepa Med Pharmacy,बाट आ-आफ्नो Medical Profile Report बुझीलिन हार्दिक अनुरोध गराउछौ |

  4. र दरबारको ऐतिहासिक सम्पदामा बाल शैक्षिक भ्रमण

  5. फोटोग्राफी प्रशिक्षणको छैठौं दिन

  6. निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  7. फोटोग्राफी प्रशिक्षणको पाचौं दिन

  8. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोग पहिचानका लागि एक महिने अभियान

  9. बिद्यार्थीलाई प्रशासनिक तथा कानुनि प्रशिक्षण, वडा कार्यालयको काम कर्तव्य र अधिकारकोबारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम

  10. निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर

वार्ड प्रोफाइलिङ तथ्याङ्कको संरचना

हाम्रो ग्यालेरी